उडिरहेको विमानमा पति पत्नि कुटाकुट गर्न थालेपछि आकस्मिक अवतरण !

काठमाण्डौं– विमान भित्रै श्रीमान–श्रीमती कुटाकुट गर्न थालेपछि आयरल्यान्डबाट स्पेनका लागि उडेको ‘एर लिङ्गस’ वायुसेवा कम्पनीको विमानमा आकस्मिक अवतरण गर्नु परेको छ।

गत शुक्रबार साँझ विमान आयरल्यान्डको डब्लिनबाट स्पेनको मल्लारोका जाँदै थियो। जसमा यात्रारत एक जोडी पति–पत्नीबीच यति चर्काे विवाद भयो कि आपसमा कुटाकुट नै गर्न थाले।

झगडाले हिंसात्मक रूप लिन थालेपछि चालक दलका सदस्यले रोक्ने प्रयास गरे तर सकेनन्। त्यसपछि उनीहरू आपतकालीन अवस्था घोषणा गरी विमानलाई फ्रान्सको नान्टेस विमानस्थलमा आकस्मिक अवतरण गराएका हुन्।

विमान आकस्मिक अवतरण गरेपछि झगडामा संलग्न पुरुषलाई स्थानीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। महिलाको अनुहारमा भने केही चोट लागेका कारण प्राथमिक उपचार गराइएको उल्लेख छ।

उनीहरूको झगडाकै कारण विमान निर्धारित समयभन्दा झन्डै २ घण्टा ढिला गन्तव्यमा पुगेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट