दुर्घटनाग्रस्त सौर्य एयरको ‘ब्ल्याक बक्स’ बोकेर किन सिंगापुर पुगे आयोगका अध्यक्ष ?

काठमाण्डौं– सौर्य एयरलाइन्सको विमान दुर्घटनाको अनुशन्धान गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष रतिशचन्द्र लाल सुमन ‘ब्ल्याक बक्स’ बोकेर आफै सिंगापुर पुगेका छन्।

विमान दुर्घटनाको करण वुझ्न ब्ल्याक बक्स परीक्षणका लागि उनी सिंगापुर पुगेका हुन। ब्ल्याक बक्सबाट खुलेको सूचनाका विषयमा भने हालसम्म कुनै जानकारी आएको छैन।

चालकदलका सदस्यसहित १९ जना यात्रु बोकेर ९ साउनमा काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको बम्बार्डियर विमान उडेको २० सेकेन्डमै जमिनमा बजारिएको थियो।

विमान दुर्घटनामा ४ वर्षीय बालकसहित १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो। क्याप्टेन मनिषरत्न शाक्यको सकुशल उद्धार भएको थियो। उनी केएमसी शिक्षण अस्पताल सिनामंगलमा पुपचारपछि डिस्चार्ज भइसकेका छन्।

घटनाको छानबिन गर्न भन्दै जहाज दुर्घटना परेकै दिन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सुमनको संयोजकत्वमा ५ सदस्यीय दुर्घटना जाँचबुझ आयोग गठन गरेको थियो।

आयोगमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक इन्जिनियरिङ क्याम्पसका मेकानिकल इन्जिनियर तथा विभागीय प्रमुख सुदीप भट्टराई, श्री एयरलाइन्सका कर्मचारी सञ्जय अधिकारी र त्रिभुवन विमानस्थल (टीआईए) का एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य छन्।

दुर्घटनामा विमान सम्पूर्ण रुपमा जलेपछि ब्ल्याक बक्स भने सुरक्षित रहन्छ। उच्च तापक्रम र न्यून तापक्रमबाहेक पानीको गहिराइमा समेत डाटा सुरक्षित रहने गरी प्रायः जहाजको पछिल्लो भागमा ब्ल्याक बक्स राखिएको हुन्छ।

यसले फ्लाइटको डाटा रेकर्डले प्राविधिक पक्षको रेकर्ड राख्छ भने ककपिटमा पाइलट, को–पाइलट र अन्य चालक दलहरूबिच भएको संवाद सबै रेकर्ड हुन्छ। विमानका हरेक उपकरणको अवस्था, उचाइ, तापक्रम, दिशा, गति, इन्धनको मात्रा, अटो अथवा म्यानुअल पाइलटको अवस्थालगायत दुर्घटनाको अवस्थासम्म केके थियो सबै यसैबाट थाहा गर्न सकिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट