डेङु संक्रमण भएकी लेटाङकी एक महिलाको विराटनगरमा मृत्यु

विराटनगर– मोरङमा डेङ्गुका कारण एक महिलाको निधन भएको छ। लेटाङ नगरपालिका – ३, दार्जिलिङ लाइनकी तारादेवी श्रेष्ठको डेंगुका कारण निधन भएको हो।

प्लेटलेट्स २५ हजारमा झरेपछि उनलाई उपचारका लागि विराटनगर स्थित नोबेल हस्पिटलमा भर्ना गरिएको थियो। उपचारका क्रममा गएराति उनको मृत्यु भएको जनाईएको छ। प्लेटलेट्स १ लाखभन्दा कम भयो भने लोरिक्स मानिन्छ।

४० हजार भन्दा कम भयो भने मोडेरेट रिक्स र २० हजार भन्दा कम भयो भने हाई रिक्समा गनिन्छ। प्लेटलेटको रेफ्रेन्स रेन्ज १ लाख ५० हजारदेखि ४ लाख वा ४ लाख ५० हजार पर क्युविक एमएम हुन्छ। डेढ लाख भन्दा कम भयो भने प्लेटलेट कम भएको भनिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट