रंगेलीमा बोर्डिङ स्कुलको बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

विराटनगर– तीव्र गतिमा रहेको स्कुल बसले ठक्कर दिँदा आइतबार बिहान मोरङमा एक जना साइकल यात्रीको मृत्यु भएको छ।

विराटनगरबाट विद्यार्थी लिन आमबारीतर्फ जाँदै गरेको को १ क १७०० नम्बरको बसले रंगेली नगरपालिका–२ चेका पुलमा साइकललाई ठक्कर दिँदा धनपालथान गाउँपालिका–३ मायागन्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको हो।

विराटनगरस्थित अरनिको स्कुलको बसले विहान करिव पौने १० बजे ठक्कर दिएपछि गम्भिर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल पु¥याईएको थियो। तर, चिकित्सकले मृत घोषणा गरेको मोरङ प्रहरीका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।

ठाकुरको शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको छ। बस र चालक झापाको कन्काई नगरपालिका–१ का ५७ वर्षीय इन्द्रप्रसाद मिश्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट