७ महिनाअघि वेपत्ता स्विडिस नागरिकको नलिखुट्टो भेटियो, कन्फर्म गर्न हेलिकप्टरमा जाने तयारी

काठमाण्डौं– कास्कीको माछापुच्छ्रे गाउँपालिका–९, मर्दी हिमाल बेसक्याम्पको लामडाँडामा मानव अवशेष फेला परेको छ। भेंडा र चौंरी चराउँदै गएका स्थानीय गोठालाले मानिसको हाड (नलिखुट्टो), टाउजर र आइफोन फेला परेका हुन।

उनिहरुले शुक्रबार मानिसको २ वटा हाड फेला पारेपछि वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र) लाई खबर गरेका थिए। उनीहरुले फोटो, भिडियोसहित शनिबार जानकारी गराएका हुन। क्षेत्रीले घटनाबारे जिल्ला प्रहरी कार्यालय कास्कीलाई जानकारी गराएका छन्। वडाध्यक्ष क्षेत्रीलाई घटनाबारे जानकारी गराएर हाड, टाउजर र आइफोन सोही ठाउँमै छोडेर उनीहरू फर्केका थिए ।

फेला परेको मानिसको हाड, टाउजर र आइफोन स्विडिस नागरिक मिचल लिउ ब्लोम्बर्गको हुन सक्ने अनुमान गरिएको छ। टाउजर हेर्दा स्विडिस नागरिक मिचलकोजस्तो देखिएको वडाध्यक्ष क्षेत्री उनको भनाई छ। ।

तत्काल हिँडेर घटनास्थलसम्म जान पनि कठिनाइ हुन सक्ने देखिएकाले हेलिकप्टरमार्फत जाने तयारी भईरहेको कास्की प्रहरीका एसपी मोहन थापाले जानकारी दिए। हाड भेटिएको ठाउँ मर्दी हिमाल बेस क्याम्पसको ४ हजार ५ सय मिटर हाराहारीमै रहेको वडाध्यक्ष क्षेत्रीले बताए।

मर्दी हिमालको बेसक्याम्पसम्म सोलो (एकल) पदयात्रामा गएका स्विडिस नागरिक मिचल गत वर्ष १४ पुसमा बेपात्ता भएका थिए। त्यो बेला प्रहरी, स्थानीय र स्विडिस् दूतावासकोसमेत सहयोगमा खोजी गर्दा पनि उनको पत्ता लागेको थिएन।

पदमार्गको लो क्याम्प माछापुच्छ्रे गाउँपालिकाले राखेको सूचना केन्द्रमा नाम दर्ता गराएर शनिबार ४ हजार ५ सय उचाइको बेसक्याम्प गएका मिचल नफर्केपछि होटलले हराएको जानकारी गराएको थियो। मर्दीको हाइ बेसक्याम्पको होटल म्याजिक माउन्टेनमा उनी बसेका थिए। उनको पासपोर्ट होटलमै भेटिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट