नेपालले भारतसँग लियो दुई पटकको हारको वदला, ३–२ को सेटमा काभाको उपाधि कब्जा

काठमाण्डौं— नेपाल र भारत सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा नेपालले एतिहाँसिक जित हात पारेको छ। शनिबार त्रिपुरेश्वरस्थित कबर्ड हलमा भएको प्रतिस्पर्धामा नेपालले भारतलाई ३–२ को सेटमा पराजित गरेको हो।

भारतलाई नेपालले पराजित गरेको यो पहिलो पटक हो। शनिवार सम्पन्न नेपाल र भारतबीचको खेलले सन् २०१९ मा भएको १३औं दक्षिण एसियाली खेलकुदको फाइनललाई समेत ओझेलमा पारेको थियो।

त्यतिबेला भारतले अन्तिममा खेल जितेर नेपालको हातमा परिसकेकोस्वर्णपदक खोसेको थियो। पहिलो दुई सेट जितेर स्वर्ण पदक नजिक पुगेको नेपाल अन्तिममा पराजित भएको थियो।

यस पटक भने खेलको सुरुवातबाट नै भारतीय टोलीलाई दबाबमा राखेको नेपालले पहिलो सेटमा जित हात पार्न सफल भएको हो। खेलमा पाँचौ तथा अन्तिम सेट १५–१३ ले आफ्नो पक्षमा पार्दै नेपालले ऐतिहासिक जित निकाल्यो।

काभाको स्वर्ण पदक विजेतासमेत रहेको नेपाल घरेलु मैदानमा भएको अघिल्लो संस्करणमा तेस्रो भएको थियो। भारतसँग प्रतिस्पर्धात्मक खेल खेलेको नेपाली टोलीले यसपटक सशक्त प्रदर्शन गर्दै जित हात पा-यो। अघिल्लो संस्करण नेपाल र भारत एकै समूहमा थिए। ७ अंक भएको भारत शीर्ष स्थानमा छ भने ५ अंक रहेको नेपाल दोस्रोमा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट