आश्मा कुमारी केसीले जितिन सन् २०२४ को मिस नेपाल वर्ल्डको उपाधी

काठमाण्डौं– सन् २०२४ को मिस नेपाल वर्ल्डको उपाधी आश्मा कुमारी केसीले जितेकी छिन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनलाई विजेता घोषित गरिएको हो।

यसैगरी, मिस नेपाल अर्थको उपाधी सुमना केसी र मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावतले हात पारेका छन्।

यसैगरी, श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विङ्स कृति श्रेष्ठ बनेका छन्।

उनीहरु सबैलाई २५ हजार नगद पुरस्कार प्रदान गरिएको छ। यो वर्ष २६ सुन्दरीहरु सौन्दर्य प्रतियोगितामा सहभागी थिए भने ११ निर्णायकहरु थिए। सन् १९९४ मा पहिलो मिस नेपाल घोषणा भएकी प्रथम सुन्दरी रूवी राणाले मिस नेपालले ३०औं वर्षको यात्रा पूरा गरेकोमा शुभकामना व्यक्त गरिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट