भारतीय प्रसिद्ध कथावाचक अनिरुद्धाचार्य महाराज काठमाण्डौंमा, आजै फर्किने

काठमाण्डौं– भारतका प्रसिद्ध कथावाचक अनिरुद्धाचार्य जी महाराज पशुपति कोटिहोम महायज्ञमा सहभागी हुन् काठमाण्डौं आइपुगेका छन्।

नेपालको इतिहासमा हालसम्मको ठुलो र ऐतिहासिक मानिएको कोटिहोममा सहभागि हुन उनी शनिबार बिहान काठमाण्डौं आईपुगेका हुन।

सपरिवार आएका अनिरुद्धाचार्यले दिउँसो पशुपतिनाथ मन्दिरको दर्शन गर्ने र कोटिहोम महायज्ञमा आशीर्वचन पनि राख्ने छन्। उनको कथा प्रवचन पनि गर्ने महायज्ञका सङ्कल्पकर्ता वालयोगेश्वर विजयकृष्ण मूर्ति जी महाराजले बताए।

भारतको मध्यप्रदेशमा जन्मिएका अनिरुद्धाचार्य महाराज कथा प्रवचनको क्षेत्रमा निकै लोकप्रिय वाचक मानिन्छन्। डेढ घण्टाको प्रवचन दिएर अनिरुद्धाचार्य महाराज आजै भारत प्रस्थान गर्ने कार्यसूची छ।

‘नेपाल भारतको हिस्सा थियो’ भन्ने विवादास्पद अभिव्यक्ति दिएका कारण एक समय उनी चर्चामा आएका थिए। कालिगण्डकी नदीबाट अयोध्यामा निर्माण हुने श्रीरामको मूर्ति बनाउन शिला लगेपछि उनले नेपाल भारतको हिस्सा भएको विवादास्पद अभिव्यक्ति दिएका थिए।

उनले भनेका थिए, ‘गण्डकी नदी नेपालमा छ। गण्डकी भारतमै थियो तर नेपाल नै भारतबाट अलग भएपछि नदी पनि नेपालकै भयो। एक समयमा नेपाल भारत थियो।’ आफूले गल्ती बोलेकोमा उनले अहिलेसम्म माफी मागेका छैनन्।

पशुपति कोटीहोममा आएका कथावाचकहरू कथावाचनका कारण बढी चर्चा र विवादमा छन्। यसअघि आएकी देवी प्रतिभाले डिभोर्सको विषयमा दिएको धारणा अनि विभिन्न कार्यक्रमा गएर झुट बोलेको भन्दै चर्चा भएको थियो भने लण्डनबाट आएकी चन्द्रकला सखीले पनि गोरुले मयूर खान्छ भनेपछि विवादित बनेकी थिइन्।

तर, उनले भने आफूबाट अञ्जानमा गल्ती भएकोमा क्षमा समेत मागिसकेकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट