मानसिक समस्या भएकी महिलालाई डेरामा राखेर बलात्कार गर्ने ३ विद्यार्थी पक्राउ

चितवन– मानसिक समस्या भएकी महिलालाई आफनै डेरामा ल्याएर बलात्कार गरेको आरोपमा चितवन प्रहरीले ३ जना विद्यार्थीलाई पक्राउ गरेको छ।

माडी नगरपालिका– ७ किर्तनपुर नजिकै २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन। पक्राउ परेका विद्यार्थी १७, १८ र २१ वर्ष उमेरका छन्।

माडीको एक प्राविधिक शिक्षालयमा अध्ययनरत ती विद्यार्थी चितवन वाहिरका हुन। उनीहरुले डेरा लिएर बसेको घरको कोठामा महिलालाई ल्याएर बलात्कार गरेको प्रहरीको आरोप छ।

आरोपीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। उनीहरु विरुद्ध मुद्दा दर्ता भएर म्याद थप भई थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय माडीका प्रमुख केदारमान दोङले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट