छात्रालाई जिस्क्याएको आरोपमा प्राध्यापकको हत्या, १७ वर्षपछि पक्राउ परे आरोपी
काठमाण्डौँ– आफनै छात्रालाई ‘मन पराउँछु’ भन्दै फोन गरेर हैरान पारेपछि उनै छात्राको योजनामा प्रधानाध्यापकको हत्या गरेर फरार भएका एक ब्यक्ति पक्राउ परेका छन्।
प्राध्यापकको हत्या गरी फरार भएका काठमाडौँ महानगरपालिका –३२ स्थित कोटेश्वरका रञ्जन खड्कालाई प्रहरीले घट्नाको १७ वर्षपछि पक्राउ गरेको हो। उनीमाथि २६ असार ०६४ मा नेपाल कर्मस क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्या गरेको आरोप छ।
ललितपुर महानगरपालिका–२२ स्थित शंखमुलमा प्राध्यापक विष्टको हत्या भएको थियो। घट्ना लगत्तै फरार भएका खड्का भारतको बैंगलोर र जल्पाइगुडी क्षेत्रमा लुकेर बस्ने गरेका थिए। नेपाल प्रहरीको उपत्याका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई जल्पाइगुडीबाट पक्राउ गरेर काठमाडौँ ल्याएको हो।
धादिङ गंगाजमुना गाउँपालिका–७ का विनोद थापाको उत्साहटमा उनी प्राध्यापकको हत्यामा संलग्न भएका थिए। रञ्जन विनोदको मामाका छोरा हुन्। विनोदकी दिदी प्राध्यापक विष्टकी छात्रा हुन। स्नातक तहको थेसिस बुजाउन जाँदा प्राध्यापक विष्टले जिस्काएको र पछि ‘मन पराउँछु’ भन्दै फोन गरेर हैरान बनाएको उनले भाई विनोदलाई सुनाएकी थिईन।
त्यसपछि उनीहरुले बनाएको योजना अनुसार शोभिताले प्राध्यापकलाई आफुसँग भेट्न बोलाईन। शोभितालाई भेट्न शंखमुल गएका प्राध्यापकलाई पहिला नै जम्मा भएक रञ्जन, विनोद र भक्तपुरका राजिब पाण्डेले रड र इट्टाले हानेर कुटपिट गरे। कुटपिटबाट प्राध्यापकको मृत्यु भयो। त्यसपछि उनीहरु फरार थिए।
विनोद लागु औषध मुद्दामा झापामा पक्राउ परे। त्यसपछि प्रहरीले उनलाई काठमाण्डौँ ल्याएर मुद्दा चलायो। ललितपुर जिल्ला अदालतले ३० पुस ०७१ मा उनलाई जन्मकैदको फैसला गरेको थियो। उनी जेल सजाय काटेर ३ असोज ०७९ मा रिहा भए। भक्तपुर लोकन्थलीका राजीव पाण्डे पनि २०७६ मा डिल्लीबजार कारागारबाट रिहा भए।
शोभितालाई प्रहरीले चैत ०८० मा पक्राउ गर्यो। उनी धरौटीमा छुटिन। रञ्जको मुद्दा ललितपुर जिल्ला अदालतमा मुल्तवीमा रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए।