सीआईबी प्रमुख ज्ञवालीलाई कारवाही गर्ने सरकारको तयारी, प्रहरी हेडक्वाटरले गर्दैछ छानविन

काठमाण्डौं— सरकारले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख एआईजी श्याम ज्ञवालीलाई कारवाही गर्ने तयारी गरेको छ। आफ्नो पद र प्रहरी शक्तिको दुरुपयोग गरेको आरोपमा ज्ञवाली कारवाहीमा पर्ने सम्भावना छ।

प्रहरी प्रधान कार्यालयले ज्ञवालीको विषयमा छानविनसमेत गरिरहेको खुलेको छ। प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राईको नेतृत्वमा छानविन समिति गठन गरी ज्ञवालीको विषयमा छानविन भईरहेको स्रोतको दावी छ।

बालमन्दिर जग्गा प्रकरणमा मृतकका नाममा पनि पक्राउ पुर्जी जारी गराएको, उक्त प्रकरणमा जोडिएका व्यापारी र तत्कालीन सेन्चुरी बैंकको कर्जा हिनामिना प्रकरणमा आरोपितहरूसँग नाजायज सम्बन्ध राखेको लगायतका विषयमा अनुशन्धान भईरहेको जनाईएको छ।

ज्ञवालीले केही मुद्दाका प्रतिवादीसँग आर्थिक लेनदेन गरेको आरोपसमेत लागेपछि त्यो विषयमा समेत अनुशन्धान भईरहेको स्रोतको दावी छ। सीआईबीका पछिल्ला गतिविधिले ‘सीआईबीले कसुर, तथ्य र प्रमाण भन्दा पनि व्यक्ति हेरेर आग्रह÷पूर्वाग्रह तथा प्रतिशोधमा अनुसन्धान गर्छ’ भन्ने भाष्य बन्दै गएकाले त्यसको चिरफार गर्न समितिले काम गर्ने वताईएको छ।

तत्कालिन गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा एआईजी किरण बज्राचार्यलाई डामेर सीआईबीमा ज्ञवालीलाई लगेका थिए। तर, ज्ञवाली सीआईबी प्रमुख भएपछि सुन तस्करी प्रकरणमा खासै उपलब्धि भएको छैन। बरु, लामिछानेविरुद्ध बचतकर्ताले दिएको उजुरीका आधारमा सीआईबीले गरिरहेको अनुसन्धानलाई ज्ञवालीले नामेट पारेको आरोप छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट