देवी प्रतिभाले काठमाण्डौं छोडे लगत्तै लण्डनबाट देवी चन्द्रकलाको इन्ट्री

काठमाण्डौं– चर्चा र आलोचनाकाबीच देवी प्रतिभाले काठमाण्डौं छोडे लगत्तै कथावाचिका देवी चन्द्रकला सखीको नेपालमा इन्ट्री भएको छ।

लण्डनबाट आएकी चन्द्रकला पशुपतिनाथमा आयोजना भइरहेको कोटिहोम महायज्ञमा राम कथा वाचनको लागि आएकी हुन्।

सखीलाई आयोजकले भब्य स्वागत गरेका छन्। चन्द्रकलाले साउन १६ देखि २४ गतेसम्म राम कथा बाचन गर्ने कार्यक्रम छ। दिउँसो २ देखि ७ बजेसम्म राम कथा वाचन हुने कोटिहोमका प्रमुख आयोजक मानव सेवा फाउण्डेसनका अध्यक्ष विजय कृष्णमूर्तिले वताए।

लण्डन वस्दै आएकी चन्द्रकला नेपालकी पहिलो महिला रामचरितमानस र भक्तमाल कथा वाचिकाका रुपमा चिनिन्छिन्। हाल उनले पश्चिमका मूलुकहरूमा वैदिक सनातन धर्मको प्रचारमा तीव्रता दिइरहेकी छिन्।

हराउँदै गएको संस्कार, संस्कृतिको जागरण, शारीरिक, मानसिक स्वास्थ्य तथा आध्यात्मिक विकासका साथमा धार्मिक सहिष्णुता कायम गर्ने उद्धेश्य सहित उनको अभियान चलिरहेको जनाईएको छ। उनी बेलायत लगायत अन्य पश्चिमी देशहरुमा अंग्रेजी भाषामा श्रीराम कथा वाचन गर्छिन।

कथा वाचिका देवी प्रतिभा आजै भारत प्रस्थान गरेकी छिन्। १०/१२ जना सुरक्षा गार्ड अघिपछि लगाएर हिड्ने देवी प्रतिभा नेपालमा रहुन्जेल चर्चा र आलोचनाको केन्द्रमा रहिन। उनी हिडेपछि पनि उनको आलोचना रोकिएको छैन। खास गरी सुरक्षा गार्ड अघिपछि लगाएर तुजुक देखाएको तथा जस्तो सुकै भएपनि महिलाले पतिसँग पारपाचुके गर्न हुँदैन भन्दै प्रवचनका कारण उनको आलोचना भईरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट