झापामा ९ वर्षीया बालिकामाथि यौन अपराध गर्ने विद्यालयका गार्ड पक्राउ
दमक— कराँते सिक्न आएकी ९ वर्षीया बालिकामाथि यौन अपराध गरेको आरोपमा झापाको एक विद्यालयका ७० वर्षीय सुरक्षा गार्ड पक्राउ परेका छन्।
बिर्तामोडस्थित नमुना स्कुल देवी माद्यमिक विद्यालयका सुरक्षा गार्ड तेजबहादुर पान्डेलाई प्रहरीले पक्राउ गरेको हो। विर्तामोड ४ घर भएका पाण्डे पूर्वप्रहरी समेत हुन।
कराते खेल्न आएकी बिर्तामोड–६ की ९ वर्षीया बालिकालाई विद्यालय परिसरमै पाण्डेले यौनजन्य अपराध गरेको प्रहरीमा उजुरी परेको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडका इन्स्पेक्टर रमेश राईका अनुसार बालिकाले आफुमाथि भएको घट्ना कराते प्रशिक्षक मीना पाठक उप्रेतीलाई बताएकी थिईन।
मीनाले परिवारका सदस्यलाई जानकारी गराएपछि पाण्डे विरुद्ध प्रहरीमा जाहेरी परेको छ। प्रहरीले उनलाई अदालतमा उपस्थित गराएर अनुशन्धानका अनमुती लिएर हिरासतमा राखेको छ।
विद्यालयका प्रधानाध्यापक अम्विका श्रेष्ठले भने सीसी क्यामेराको फुटेट चेक गर्दा बालिकामाथि यौन अपराध भएको नदेखिएको वताएकी छिन्।