पशुपति कोटीहोममा राधिका दाशी र दिनबन्धु पोखरेलभन्दा ‘देवी प्रतिभा’को चर्चा, किन चाहिन्छ उनलाई यति ठुलो सुरक्षा ?

काठमाण्डौं– पशुपति क्षेत्रमा सञ्चालन भइरहेको ‘पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्वकल्याण मासिक ज्ञान महायज्ञ–२०८१’मा अहिले एउटा नाम चर्चामा छ। आफनो प्रखर आध्यात्मिक प्रवचनका कारण ‘देवी प्रतिभा’ चर्चामा छिन्।

नेपालमा मात्र होईन, देवी प्रतिभाको नाम छिमकी मित्रराष्ट्र भारतमा झनै चर्चामा छ। आध्यात्म प्रवचनमा उनी भारतमा तेस्रो नम्बरमा पर्छिन। नेपाली र हिन्दी दुवै भाषामा प्रवचन दिने २३ वर्षीया प्रतिभाको घर भने नेपालमै हो।

उनी काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्वानेटारमा १८ पुस ०५८ जन्मिएकी हुन्। उनको बास्तविक नाम प्रतिभा पराजुली हो। साधुराम र इन्दिरा पराजुलीकी माइली छोरी हुन्, प्रतिभा। उनले विद्यालय शिक्षा बनेपास्थित पञ्चकुमारी बोर्डिङ स्कुलबाट सुरु गरेकी हुन। त्यसपछि गाउँकै नवप्रतिभा बोर्डिङ स्कुलमा केही समय अध्ययनगरी काठमाडौँको वाल्मीकि विद्यापिठमा अध्ययन गरिन।

बाबु साधुरामका अनुसार प्रतिभा सानै उमेरदेखि आध्यात्मिक सोच राख्थिन, ‘पण्डित’ बन्ने उनको धोको थियो। उनकै इच्छाअनुसार परिवारले उच्च शिक्षा अध्ययनका लागि भारतको बृन्दावनमा पठाएको थियो। उनले भारतको बृन्दावनमा संस्कृत व्याकरणमा आचार्यसम्मको अध्ययन गरेकी छिन्। उनले ६ महिनामै भागवत सिकेको अनुभव सुनाइन्।

अध्ययनकै क्रममा प्रवचन दिन थालेकी उनले कथा वाचनको सिलसिला सुरु भएको झण्डै एक दशकपछि आफु नेपाल आएको बताईन। एक दशकदेखि भारतका विभिन्न प्रान्तहरुमा आध्यात्मिक प्रवचन दिइरहेकी प्रतिभा गीतसङ्गीतमा पनि निपूर्ण छिन्। श्रद्धालुहरुलाई छमछमी नचाउनसक्ने प्रतिभा उनमा छन्।

कोटीहोममा उनीबाहेक नेपालका चर्चित कथा बाचक (प्रवचक) राधिका दाशी र पण्डित दीनबन्धु पोखरेल पनि सहभागि छन्। तर, उनको उपस्थिती नै अन्य भन्दा भिन्न छ। उनलाई हरेक पल १०/१२ जना अङ्गरक्षकले सुरक्षा दिने गरेका छन्। सुरक्षाकर्मीलगायत भजनमण्डलीमा करिब ५० जनाको टिम उनीसँग छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट