विमान दुर्घट्नामा ज्यान गुमाएकी प्रिजाको पार्थिव शरीरमा माधव नेपालले किन झण्डा ओढाए ?

काठमाण्डौं– सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकी प्रिजा खतिवडाको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएका छन्।

अनेरास्ववियुका पूर्वनेता खतिवडाको पार्थिव शरीरमा अध्यक्ष दाहालले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे। खतिवडाको पार्थिव शरीर अन्त्येष्टिका क्रममा शनिबार पशुपति आर्यघाटमा पुगेर उनले श्रद्धाञ्जली व्यक्त गरेका हुन।

गत बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा उनका श्रीमान् मनुराज शर्मा र चार वर्षीय छोरा अधिराज शर्मासहित खतिवडाको निधन भएको थियो। उक्त दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए।

परिवारले शिक्षण अस्पतालबाट शनिबार शव बुझेपछि तीनै जनाको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। त्यस क्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायतले पनि मृतकप्रति श्रद्धाञ्जली ब्यक्त गरे।

सप्तरीको कञ्चनरूप नगरपालिका घर भएकी प्रिजा र भारतको दिल्ली र रामनगरमा समेत घर भएका काठमाडौं निवासी मनुराजको २९ फागुन ०७४ मा विवाह भएको थियो। हाल उनी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवको सचिवालयमा सहायक कम्प्युटर अपरेटर (सुब्बा सरह) पदमा कार्यरत थिईन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट