सौर्य विमान दुर्घट्नामा ज्यान गुमाएका १८ मध्ये १७ जनाका परिवारले शव वुझे, एक जनाको बाँकी

काठमाण्डौं– सौर्य एयरलाईन्सको विमान दुर्घट्नामा ज्यान गुमाएका १८ मध्ये १७ जनाको परिवारले शव वुझेका छन्। एक जना विदेशी नागरिकको शव भने अहिले पनि त्रिवी शिक्षण अस्पतालमै छ।

पोस्टमार्टमको काम सकिएपछि शुक्रबार र शनिबार मृतकका आफन्तहरूले शव बुझेका हुन्। शुक्रबार ५ र शनिबार १२ जना मृतकका आफन्तले शव बुझेको शव हस्तान्तरण कार्यमा सहभागी भएका एक प्रहरी अधिकारीले बताए।

एक जना विदेशी नागरिकको शव भने दूतावासको समन्वयमा पठाउने तयारी थालिएको छ। गत ९ असार (बुधबार) १९ जना सवार सौर्य एयरलाईन्सको ९ एन–एएमई/सीआरजे २०० कलसाइनको जहाज दुर्घटनामा परेर १८ जनाको मृत्यु भयो। जसमा एयरलाइन्सकै कर्मचारी अरेफ रेडाको पनि मृत्यु भएको थियो।

अरेफ रेडा यमनका नागरिक हुन। उनको शव सम्बन्धित दूतावाससँग समन्वय गरेर प्रक्रिया पूरा गरी बुझाउने तयारी भईरहेको जनाईएको छ। दुर्घटनामा विमानका चालक ३७ वर्षीय मनिषरत्न शाक्य भने जिवित छन्।

विमान दुर्घटनाका क्रममा कन्टेनरमा ठोक्किएर दुई टुक्रा भएको थियो। ककपिट कन्टेनरमै अड्किएका कारण आगो लाग्न नपाएर चालकको ज्यान जोगिएको थियो। नेपाली सेनाको बम डिस्पोजल टोलीले उनलाई उद्धार गरी केएमसी अस्पतालमा भर्ना गराएको थियो। उनको अहिले पनि उपचार भईरहेको छ।

विमानको दोस्रो भाग केही पर पुगेर आगो लागेको थियो। जसमा १८ जना थिए। विमान दुर्घघटनामा कोपाईलटसहित १६ जना एयरलाईन्सकै कर्मचारी र १ नाबालकसहित २ जना परिवारका सदस्यको मृत्यु भएको थियो

विमानमा सवार १९ जना

१) मनीषरत्न शाक्य – उपचाररत
२) एस (सुसान्त) कटुवाल– मृतक
३) अमितमान महर्जन– मृतक
४) सागर आचार्य– मृतक
५) दिलीप बर्मा– मृतक
६) मनुराज शर्मा– मृतक
७) अश्विन निरौला– मृतक
८) सुदीपलाल जोशी– मृतक
९) सर्वेश महर्जन– मृतक
१०) श्याम बिन्दुकार– मृतक
११) नवराज आले – मृतक
१२) राजाराम आचार्य– मृतक
१३) प्रिजा खतिवडा– मृतक (मनुराज शर्माकी पत्नि)
१४) अधिराज शर्मा– मृतक (मनुराज शर्माका नाबालक छोरा )
१५) उद्धव पुरी– मृतक
१६) यज्ञप्रसाद पौड्याल– मृतक
१७) सन्तोष महतो – मृतक
१८) पुण्यरत्न शाही– मृतक
१९) अरेफ रेडा– मृतक

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट