सानीमाको घरमा पाहुना आएका २ बालकको तिनाउ नदीमा डुवेर मृत्यु

काठमाण्डौं– बाग्लुङबाट उपमहानगरपालिका–११ श्रृजनानगर निवासी सानीआमाको घरमा पाहुन आएका २ बालकको तिनाउ नदीमा डुबेर मृत्यु भएको छ।

बागलुङको बरेङ गाउँपालिका–४ का १२ वर्षीय विवश खत्री र सैनामैना नगरपालिका बस्ने ८ वर्षीय बिप्रन पाण्डेको पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको हो। पौडी खेल्न गएका ३ जना मध्ये विवस र बिप्रन शुक्रबार साँझदेखि नै वेपत्ता भएका थिए।

दुई जनालाई नदीले बगाएको देखेपछि सँगै गएका अर्का ७ वर्षीय बालकले आफन्तलाई खवर गरेका थिए। खोजतलासका क्रममा विवशको शव राती नै केही तल नदी छेउमा भेटिएको थियो। बिप्रन भने वेपत्ता नै थिए।

शनिबार बिहान पुनः खोजी झण्डापुर स्थित तिनाउ नदिमा मृत फेला पारिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। मृतक बालक दिदिबहिनीका छोरा हुन्। उनिहरु आफ्नी आमाहरुसँग सानी आमाको घर आएका थिए।


प्रतिक्रिया

One thought on “सानीमाको घरमा पाहुना आएका २ बालकको तिनाउ नदीमा डुवेर मृत्यु

  1. वर्षामा खोलामा जान हुन्न भनेर सम्झाउने न माने सिस्नोपानी लगाउन पर्छ। अभिभावक को लाचारी पन..

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट