धनुषामा रेल्वे लिकमा च्यापिएर एक युवकको दुवै खुट्टा काटियो

जनकपुर– धनुषामा रेल्वे लिकमा चेपिएर युवकको दुवै खुट्टा काटिएको छ।

जनकनन्दनी गाउँपालिका–३, महुवा निवासी मिश्री दासका ३५ बर्षिय छोरा श्रीराम दासको भंगहा–जनकपुर–जयनगर रेल्वेको लिकमा परेर खुट्टा काटिएको हो।

शनिबार बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित लिक छेउबाट हिडिरहेका युवकको खुट्टा काटिएको जनाईएको छ। रेलको लिक छेउबाट पैदल हिड्ने बाटो छ।

जयनगरबाट फर्किरहेको रेलले हर्न बजनाएपछि उनी अलमलिएर रेलकै लिकमा परेको रेल्वे विभागका डीएसपी दयाराम पौडेलले जानकारी दिए।

दासको जनकपुर स्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट