सुत्केरी युवतीको मृत्यु भएपछि बनेपाको शिर मेमोरियल अस्पतालमा तोडफोड

काठमाण्डौं– काभ्रेको बनेपा स्थित शिर मेमोरियल अस्पतालमा सुत्केरी युवतीको मृत्यु भएपछि मृतकका आफन्त र परिवारले तोडफोड गरेका छन्। तोडफोडबाट अस्पतालको आइसियुमा क्षती पुगेको छ।

सुत्करी ब्यथा लागेपछि बनेपा नगरपालिका –३, नालाकी ३२ वर्षीया इश्वरी सुन्दाशलाई ९ साउनमा अस्पताल भर्ना गरिएको थियो। उनले शुक्रबार दिउँसो नर्मल डेलिभरीमार्फत छोरालाई जन्म दिएकी थिइन्। तर, सुत्केरी भएपछि रक्तश्राव धेरै भएर अवस्था गम्भीर बन्यो।

त्यसपछि उनको पाठेघरको अप्रेशनसमेत गरिएको थियो। अप्रेसनपछि आइसियुमा राखेर उपचार भइरहेका बेला गएराती करिव सवा ११ बजे उनका आफन्तहरूले आइसियुमा तोडफोड गरे। त्यसको केही वेरपछि (११ः५५ बजे) नै डाक्टरले सुन्दाशलाई मृत घोषणा गरे।

सुन्दाशको मृत्यु भएपछि पीडित पक्ष झन आक्रोशित बनेको थियो। तर, उनीहरु अस्पताल प्रशासनसँग बार्ता गर्न तयार भए। यद्यपी, सहमति भने जुटेको छैन। आज फेरि वार्ता हुने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट