सिमलताल पहिरोमा वेपत्ता बस खोज्न भारतबाट मगाईयो ४० किलोको चुम्बक

चितवन– चितवनको भरपुर महानगरपालिका–२९, सिमलतालमा लेदोसहितको पहिरोले त्रिशूली नदीमा बेपत्ता बनाएको बस आज १६औँ दिन पनि भेटिएका छैनन्।

३ वटा सोनार क्यामरा र ४ जना गोताखोरसहित आएको भारतीय टोलीले पनि खासै उपब्धि हाँसिल गर्न सकेको छैन। उनीहरु आएको आज सातौ दिन हो। भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेसनल डिजास्टर रेस्पोन्स फोर्स’बाट १२ जनाको प्राविधिक टोलीले नेपाली सुरक्षाकर्मीसँग मिलेर संयुक्त खोजतलास गरेपनि अहिलेसम्म बेपत्ता बस र यात्रु फेला पार्न सकेका छैनन्।

हालसम्म २४ जना यात्रुको शव फेला परेको छ भने १९ जनाको मात्रै सनाखत भएको छ। ३८ यात्रु अहिले पनि वेपत्ता छन् भने ५ जनाको सनाखत हुनै बाँकी छ। बेपत्ता बस र यात्रु खोज्नका लागि भारतीय टोलीले ४० किलोको चुम्बक मगाएको छ।

उक्त म्याग्नेटिक डिभाइसको प्रयोग गरी आज बिहान साढे ९ बजेदेखि बेपत्ता बसको खोजी गर्ने तयारी रहेको चितवनका सीडीओ इन्द्रदेव यादवले जानकारी दिए। उनका अनुसार भारतीय टोली एक साताका लागि मात्रै खोजतलासमा सहयोग गर्न आएको हो। उनीहरु आजको खोजी कार्यसँगै थप दिन नेपालनै रहन्छन वा फिर्ता जान्छन भन्ने विषय टुङ्गो लागेको छैन। आज साँझसम्म त्यसको टुंगो लाग्ने सीडीओ यादवले बताए।

नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा २८ असारको विहान करिव साढे ३ बजे वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स पहिरोसँगै त्रिशुली खसेका थिए।

गणपतिमा ३८ जना र एन्सल्समा २७ जना यात्रु सवार रहेको खुलेको छ। जसमध्ये तीन जना पौडिएर बाँच्न सफल भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट