‘विमान दुर्घटनाका मृतक परिवारलाई फुटाउन एयरलाईन्सले विचौलिया प्रयोग गर्यो’

काठमाण्डौं– सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनामध्ये हालसम्म ६ जनाको शव परिवारले बुझेका छन। १२ जनाको शव शनिवार बुझाउने तयारी छ।

त्रिवि शिक्षण अस्पताल, फरेन्सिक मेडिसिन विभागका अनुसार सनाखत भने सबैको भइसकेको छ। हालसम्म को–पाइलट सुशान्त कटवालसहित उद्धव पुरी, अश्विनकुमार निरौला, श्याम विन्दुकर, राजाराम आचार्य र दिलीपकुमार बर्माको शव अस्पतालले परिवारलाई बुझाएको हो।

बाँकी शव शनिबार बुझाउने तयारी रहेको र सबै शवको सनाखत भइसकेको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले बताए। अन्य अस्पतालका फरेन्सिक विभागका चिकित्सकलाई समेत खटाएर शुक्रबार पोस्टमार्टम गरिएको चौधरीको भनाई छ।

कतिपयको शव क्षतविक्षत भएको थियो। जसकारण जिउमा भएका लुगा तथा गरगहना, शरीरका निशानी, दाँतको बनावट र आफन्तले दिएको हुलियाको वर्णनका आधारमा शवको सनाखत गरिएको जनाईएको छ।

मृतकका परिवारले भने एयरलाइन्सले राहत तथा क्षतिपूर्तिका विषयमा कुनै सल्लाह नगरेको भन्दै असन्तुष्टि जनाएका छन। मृतक प्रिजा खतिवडाका पिता एवम् नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष प्रकाश खतिवडाले पीडित परिवालाई सान्त्वना दिनुको सट्टा एयरलाईन्स षडयन्त्रमा लागेको बताएका छन्।

उनले राहत र क्षतीपूर्तिको माग गरिरहेका पीडित परिवारलाई फुटाउन विचौलीया प्रयोग गरिएको र आवश्यक्ता परे त्यसको प्रमाण दिन तयार रहेको उनको भनाई छ। विग्रिएको जहानमा आफनो परिवारलाई चढाएर एयरलाईन्सले मारेको आरोप लगाएका उनले भने–‘यो अपराध हो। विग्रिएको जहाजमा मान्छे मार्न लगेको ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट