विमान दुर्घटनामा ज्यान गुमाएका १३ जनाको शव परिवारले बुझ्न मानेनन्, यस्तो छ कारण

काठमाडौँ — सौर्य एयरलाईन्सको विमान दुर्घटनामा ज्यान गुमाएका १८ मध्ये कोपाईलट सुशान्त कटुवालसहित ५ जनाको शव परिवारले बुझेपनि अन्य अधिकांश आफन्तले शव बुझ्न मानेका छैनन्।

मृतका आफन्तहरूले बीमा रकम सुनिश्चिततालगायतको माग गर्दै शव बुझ्न आनाकानी गरेका हुन्। उनीहरुले बीमाको रकम कति पाउने र कहिलेसम्म पाउने तथा कार्यालयको कामको सिलसिलामा मृत्यु भएकाले एयरलाइन्सबाट के कति क्षतिपूर्ति पाउने भन्ने विषयको सुनिस्चितता खोजेका छन्।

यसैगरी, मृतक परिवारको शिक्षा, रोजगारी, मृतकका परिवारलाई मानिसिक परामर्श तथा पुनर्स्थापना, दाहसंस्कार तथा कृयाको खर्च, शव वाहनको व्यवस्था एवम् मृतकको नागरिक लगानी कोषमा जम्मा भएको रकम वा सञ्चय कोष तथा सामाजिक सुरक्षा कोषको रकमको बारेमा जानकारी र त्यसको ग्यारेन्टी हुनुपर्ने उनीहरुको माग छ। मृतक परिवारले सरकारको तर्फबाट पनि क्षतिपूर्तिको माग गरेका छन्।

त्रिवि शिक्षण अस्पतालले शवको पोस्टमार्टम शुक्रबार अपराह्न सम्पन्न गरेको छ। पोस्टमार्टम सकिएका शव आफन्तले लैजान सक्ने अस्पतालको भनाइ छ। महाराजगन्ज प्रहरी वृत्तका अनुसार हालसम्म को–पाइलट सुशान्त कटुवाल, इन्जिनियर उद्धव पुरी, अश्विन निरौला, श्याम विन्दुकार र राजाराम आचार्यको शव आफन्तले बुझेका छन्।

९ साउनमा नियमित प्राविधिक परीक्षणका लागि पोखरा उडेको सौर्य एयरलाइन्सको विमान केही सेकेन्डमै त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो। सो विमानमा अधिकांश कम्पनीकै प्राविधिक कर्मचारी थिए। दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ भने पाइलट मनीष शाक्य गम्भीर घाइते भएका छन्। उनको हाल उपचार चलिरहेको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट