गौशाला २६ को दाबीः म माथि बलात्कार भएकै होईन, संस्थाको दबाबमा जाहेरी दिएकी हुँ

काठमाण्डौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोपमा जाहेरी दिने गौशाला २६ ले अहिले आएर आफुमाथि बलात्कार नै नभएको दावी गरेकी छिन्। सन्दीप विरुद्ध परेको जाहेरी संस्थाको दबाबमा दिएको उनको भनाई छ।

उच्च अदालत पाटनले बलात्कार मुद्दामा लामिछानेलाई सफाई दिएपछि त्यसविरुद्ध पुनरावेदन नगरिदिन उच्च सरकारी वकिल कार्यालय पाटनमा निवेदन दिएकी उनले आफूमाथि बलात्कारको घटना नै नभएको उल्लेख गरेकी छिन्।

सरकारी वकिल कार्यालयले गौशला २६ को निवेदन ३–४ दिन पहिले आएको र दर्ता भएको जनाएको छ। ‘उहाँले आफूमाथि बलात्कार नभएको र संस्थाको दबाबमा परेर जाहेरी दिएको भन्नुभएको छ’ उच्च सरकारी वकिल कार्यालय स्रोतले भन्यो–‘उहाँले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिन अनुरोध गर्नुभएको छ।’

उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले गत २ जेठमा सन्दीपलाई निर्दोष ठहर गर्दै सफाइ दिएको थियो। उक्त फैसलाको पूर्णपाठ सार्वजनिक भईसकेको छ।

काठमाडौँ जिल्ला अदालतले भने गत २५ पुसमा गौशाला–२६ लाई बालिग रहेको ठहर गर्दै सन्दीपलाई बलात्कारको मुद्दामा ८ वर्ष कैदको फैसला गरेको थियो। त्यसविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए। गौशाला २६ को तर्फबाट पनि उनी नाबालिग नै रहेको दाबी गर्दै उच्च अदालतमा निवेदन दिईएको थियो।

गौशाला २६ ले सन्दीपविरुद्ध २१ भदौ ०७९ मा प्रहरी वृत्त गौशालामा बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन्। २० असोज ०७९ मा सन्दीप पक्राउ परे। काठमाडौँ जिल्ला अदालतले १८ कात्तिक ०७९ मा उनलाई पुर्पक्षका लागि थुनामा पठायो।
उक्त आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा निवेदन दिए। उच्च अदालतले विदेश जान नपाउने सर्तसहित १८ पुसमा उनलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्यो। त्यसविरुद्ध पनि सर्वोच्च पुगेका सन्दीपलाई सर्वोच्च अदालतले १५ फागुनमा क्रिकेट खेल्न विदेश जान पाउने आदेश दिएको थियो।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट