बाख्रा चराउन गएका २ किशोरीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु

काठमाण्डौं– दैलेखमा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार विहान दुई किशोरीको मृत्यु भएको छ। शुक्रबार बिहान करिब ११ बजे छामघाट खोलामा डुबेर उनिहरुको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार मृत्यु महाबु गाउँपालिका–३, अमार्सेकी करिव १४ वर्षीय भावना बुढा र करिव १६ वर्षीय सपनाकुमारी बुढाको मृत्यु भएको हो।

बाख्रा चराउने क्रममा छामघाट खोलामा पुगेका उनीहरु पौडी खेल्ने क्रममा डुबेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दिपेन्द्र मगरातीले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट