श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका सिरहाका २१ र धनुषाका ७ नेपाली मजदुरको उद्धार

राजविराज– भारतको काश्मिरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरको उद्धार गरिएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीले उनिहरुको उद्धार गरेको हो। सवैलाई नेपाल फर्काएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन्। उनीहरूलाई रोजगारीको प्रलोभनमा पारेर बेचबिखन गरी बन्धक बनाइएको थियो।

उद्धार गरिएकाहरुमा सिरहाका २१ र धनुषाका ७ जना रहेको जनाईएको छ। उनीहरुलाई शुक्रबार नै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको छ। मानव बेचबिखन नियन्त्रण समितिले उनीहरूलाई शुक्रबारै घर पठाउनेछ।

उद्धारका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई नेतृत्वको टोली भारत गएको थियो। ‘भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार !!’ शीर्षकमा प्रधानमन्त्री ओलीको फेसवुक पेजमा लेखिएको छ–‘रोजगारीको प्रलोभनमा बेचबिखन गरी कश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरुलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको छ।’

‘सिराहाका २१ जना र धनुषाका ७ जना मजदुरलाई आजै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको छ। उद्धारका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई नेतृत्वको हाम्रो टोली सक्रिय थियो। मानव वेचविखन नियन्त्रण समितिले आजै सबैलाई घरघर पठाउने छ। उद्धार कार्यको सफलताका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई सहित टोलीलाई धन्यवाद !!’ उनले लेखेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट