कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन, आज शोक विदा

काठमाण्डौं– कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको बिहीबार राति निधन भएको छ।

वीर अस्पतालमा उपचाररत मेयर नकर्मीको राती १०ः४० बजे निधन भएको उपमेयर शुभलक्ष्मी शाक्यले बताएकी छन्।

मेयर नकर्मी लामो समयदेखि मृगौला रोगबाट पीडित थिए। उनी गत स्थानीय चुनावमा कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए।

मेयर नकर्मीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज ९ बजेदेखि ११ बजेसम्म कीर्तिपुर नगरपालिका परिसरमा राखिने छ। नगरपालिकाले अज शोक बिदा दिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट