रामेछापमा पहिरोले घर पुर्दा ३ किशोरीको मृत्यु, पहिरो पन्सार निकालियो शव

काठमाण्डौं– रामेछापमा विहिबार राती घरमा माथि पहिरो खसेर ३ जनाको मृत्यु भएको छ। गोकुलगंगा गाउँपालिका–६ फर्पुका विमान तामाङको घरमाथि राती करिव पौने ९ बजे पहिरो खसेको थियो।

पहिरोमा परी विमानकी छोरी १८ वर्षीया सीता तामाङ, छिमेकी पेमा तामाङकी छोरी १५ वर्षीया आशिका दोङ र अर्का छिमेकी पदम तामाङकी छोरी १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रामेछापका इन्सपेक्टर कौशल न्यौपानेका अनुसार राति नै स्थानीय र प्रहरीले पहिरो पन्साएर शवहरु निकालेका थिए। स्थानीयका अनुसार पहिरोले जोखिममा परेका ४ परिवारलाई उद्धार गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट