निर्मला पन्तका हत्यारा विदेशमा रहेको आशंका, नेपाल ल्याएर डीएनए परिक्षण गर्ने तयारी

काठमाण्डौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ वर्ष पूरा भएपछि प्रहरीले घट्नामा संलग्नहरु विदेशमा रहेको पत्ता लगाएको छ। तर, उनीहरु नै अभियुक्त हुन भन्ने पुष्टि भएको छैन।

यो घट्नामा प्रहरीले ६ वर्षदेखि निरन्तर अनुशन्धान गरिरहेको छ। यस अवधिमा १२३ जनाको डीएनए जाँच गरिएको छ भने सोधपुछ गरिएकाको संख्या हजारौंमा छ। पछिल्लो ४ महिनामा १ जना शङ्कास्पद ब्यक्तिलाई प्रहरीले पक्राउ गरेर घटना विवरणमा कागज गराएको छ।

यसैगरी, कञ्चनपुर घर भई हाल विदेशमा रहेका २ जनालाई शङ्काको घेरामा राखेर अनुसन्धान अघि वढिरहेको प्रहरीले जनाएको छ। ती ब्यक्तिलाई नेपाल झिकाएर डीएनए परिक्षण गर्ने तयारी भईरहेको अनुसन्धानमा लामो सयमदेखि काम गरिरहेका एक अनुशन्धान अधिकृतले बताएका छन्। अनुसन्धान अधिकृतहरूका अनुसार आरोपित पहिचान गर्न डीएनए मिल्नुको विकल्प छैन।

१० साउन ०७५ मा साथी रोशनी बमको घर गएकी बालिका निर्मला पन्तको शव त्यसको भोलिपल्ट बिहान सालघारीको खोला किनारमा रहेको उखुबारीमा फेला परेको थियो। उनको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट खुलेको छ। तर, यतिका समय, स्रोत र साधनको खर्च भईसक्दा पनि अभियुक्त पक्राउ परेका छैनन्।

निर्मलाको परिवारले अब अपराधी पत्ता लाग्ला भन्ने आश मारिसकेको छ। तर सोही क्षेत्रबाट निर्वाचित कांग्रेस नेता रमेश लेखक गृहमन्त्री भएका कारण झिनो आशा पलाएको निर्मलाकी आमा दुर्गादेवी बताउँछिन।

२ पटक उपप्रधान तथा गृहमन्त्री भएका रवि लामिछानेले निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरेका थिए। उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीलाई पुनः अनुसन्धानमा खटाएका पनि थिए। सरकारबाट बाहिरिँदै गर्दा उनले निर्मलाको हत्या आरोपितको नजिक पुगेको दावी गरेका थिए।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट