साथीको हत्या गरेको अभियोगमा दुबईमा मृत्युदण्डको सजाय सुनाईएका श्रेष्ठ नेपाल फर्किए

काठमाण्डौं– साथीको हत्या गरेको अभियोगमा संयुक्त अरब इमिरेट्सको दुबईमा मृत्युदण्डको सजाय सुनाईएका ओखलढुंगाको चिशंखुगढी गाउँपाकिला–३ का भुवन श्रेष्ठ विहिबार सकुशल स्वदेश फर्किएका छन्।

उनी ५ वर्ष दुवईको सारजाह जेलमा बसेर स्वदेश फर्किएका हुन। मध्यविन्दु नगरपालिका–११, नवलपुरका बाबुराम आलेमगरको हत्या आरोपमा श्रेष्ठ सन् २०१९ को जुन ३ मा पक्राउ परेका थिए।

सोही हत्या आरोपमा धादिङको नेत्रवती गाउँपालिका– ४ का पहलमान थापा पनि संलग्न भएको भन्दै युएईको उपल्लो अदालतले आजीवन कारावास हुँदै ब्लडमनी बुझाउनुपर्ने फैसला गरेको थियो। पहलमान अहिले पनि युएईको सारजाह जेलमै छन्।

हत्या आरोप लागेका भुवन र पहलमानलाई सारजाहको उपल्लो अदालतले प्रतिव्यक्ति १ लाख ५० हजार युएई दिराम (जम्मा ३ लाख) पीडित परिवारलाई ब्लड मनी बुझाउनु पर्ने भन्दै ५ वर्षको जेल सजाय सुनाएको थियो। ब्लडमनी नवुझाए उनीहरुलाई मृत्युदण्ड दिने फैसला थियो।

त्यसपछि श्रेष्ठ र थापाको उद्धारका लागि नेपालमा अभियान चलाएको थियो। सोही अभियानबाट आर्थिक संकलन गरी पीडित परिवारलाई बुझाएपछि बुधबार साँझ भुवन सारजाह जेलबाट रिहाई भएका थिए। उनी राती नै एयर अरबियाको विमान मार्फत नेपाल फर्किएका हुन्।

पहलमानको भने पासपोर्टको म्याद सकिएको र अन्य कागजी प्रकृया पनि बाँकी रहेकाले छिट्टै नेपाल फर्किने नेपाली दुतावास आबुधाबीले जनाएको छ।

स्थानीय प्रशाशनद्वारा अनुसन्धान गरी युएईको अदालतमा पेश भएका कागजात अनुसार श्रेष्ठ र मगरले मदिरा सेवन गरी आफ्नै साथी नवलपुरका बाबुराम आलेमगको छुरा प्रहार गरी हत्या गरेको र आफ्नो कसुर पीडितहरुले स्विकारेका आधारमा ब्लडमनीको फैसला सुनाएको हो।

मृतककी पत्नि नरिमा आलेमगरले श्रेष्ठ र थापा विरुद्ध यूएई प्रहरीमा उजुरी दिएकी थिईन। घट्ना हुँदा उनी पनि बैदेशिक रोजगारीका क्रममा युएईमै थिईन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट