२५ जना युवालाई डेनमार्क पठाउने भन्दै विराटनगरमा जम्मा गरेका म्यानपावर ब्यवसायी मृत भेटिए

विराटनगर– २५ जना युवालाई डेनमार्क पठाउन भारत हिडेका एक जना मेनपावर ब्यवसायी विहिवार विराटनगरमा मृत फेला परेका छन्।

सुनसरीको इनरुवा नगरपालिका– ८ का २८ वर्षीय राजीव फुयाँललाई विराटनगर– ११ स्थित गुद्री बजारको एक होटलमा मृत फेला पारिएको हो। उनी होटलको कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेको जनाईएको हो।

फुयल बुधबार २५ जना युवालाई लिएर विराटनर पुगेका थिए। युवाहरुलाई भारत हुँदै डेनमार्क पठाउने भन्दै ल्याईएको थियो। साँझ व्यवसायी फुयाँल गुद्री बजारमा रहेको होटेलमा बसेका थिए भने युवाहरुलाई रानी क्षेत्रको होटेलमा राखेका थिए।

विहिबार विहान जोगबनीको बाटो हुँदै दिल्ली जाँने भनेका फुँयल नआएपछि युवाहरु खोजतलास गर्दै उनी वसेको होटलमा पुगे। खोजतलास गर्दा उनी कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए। घटनाबारे अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट