उर्लाबारीको अरनिको हस्पिटलमा कार्यरत डाक्टर कोठामै मृत भेटिए

विराटनगर– मोरङको उर्लाबारीस्थित अरनिको हस्पिटलमा कार्यरत ३३ वर्षीय डा. मनिषकुमार यादव डेरामै मृत फेला परेका छन्। रेडियोलोजिस्ट यादव बिहीबार बिहान कोठामा मृत भेटिएको प्रहरीले जनाएको छ।

धनुषाको औरही गाउँपालिका–१ पुरनदहियाका चिकित्सक यादव हस्पिटलको पछाडि रहेको स्थानीय सरिता धिमालको घरमा डेरामा बस्दै आएका थिए।

डेढ वर्षयता अरनिको अस्पतालमा रेडियोलोजिस्टका रूपमा कार्यरत यादव कोठामा मृत फेला परेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

इन्स्पेक्टर देवेन्द्र दासका अनुसार उनको कोठाभित्र मानसिक रोग सम्बन्धी औषधि भेटिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट