रुसको शैन्य हेलिकप्टर जंगलमा दुर्घट्ना, युक्रेनले आक्रमण गरेको आशंका

काठमाण्डौं– रुसमा एमआई–२८ सैन्य हेलिकप्टर दक्षिणपश्चिमी विकट पहाडी क्षेत्रमा दुर्घटना भएको छ। रुसी समाचार एजेन्सीले बिहीबार जनाए अनुसार दुर्घटनामा चालक दलका सदस्यको मृत्यु भएको छ।

रुसी समाचार संस्था (तास) ले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै जनाए अनुसार सैन्य हेलिकप्टर रुसको कालुगा क्षेत्रमा दुर्घटनामा परेको हो।

प्रारम्भिक जानकारीअनुसार हेलिकप्टर प्राविधिक समस्याका कारण दुर्घटना भएको इन्टरफ्याक्सले उल्लेख गरेको छ। कतिपयले युक्रेनी सेनाले आक्रमण गरेको आंशका पनि गरेका छन्। दुर्घटनाग्रस्त क्षेत्र युक्रेनको सीमाबाट करिब १५० किलोमिटर टाढाको जङ्गलमा पर्छ।

हेलिकप्टर दुर्घटना प्राविधिक कारणले हो वा आक्रमणले भन्नेबारे अनुसन्धान भइरहेको रुसी अधिकारीले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट