हेटौडामा दम्पति नै मृत भेटिए, पत्निको हत्या गरी पतिले आत्महत्या गरेको आशंका

काठमाण्डौं — मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा एक दम्पत्तिको शव फेला परेको छ। दम्पति मध्ये पतिले पत्निको हत्या गरी आफुले पनि आत्महत्या गरेको आशंका गरिएको छ।

हेटौंडा–५, लटिनाथ चिसापानीका ६२ वर्षीय केशव भण्डारी आफनो कोठाको पंखामा झुन्ड्याउने फलामे हुकमा डोरीको पासो बनाई झुण्डिको अवस्थामा र उनकी पत्नि ५६ वर्षीया अम्बिका धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा बुधबार मृत फेला परेका हुन्।

प्रहरीका अनुसार स्थानीय एक महिलाले मृतक अम्बिकालाई फोन गर्दा नउठेपछि भेट्न घरमै पुगेकी थिईन। तर, ढोका लगाएको थियो। त्यसपछि तिनै महिलाको खवरपछि पुगेको प्रहरीले ढोका फुटाएर हेर्दा दुवै जना मृत फेला परेका थिए। अम्बिकाको शव रगताम्मे अवस्थामा भुईमा लडेको थियो।

घरमा केशव, उनकी पत्नी र छोरा बुहारी बस्थे। तर, छोरावुहारीसँग वुढावुढीको सम्वन्ध खासै राम्रो नभएको पाईएको छ। केशब र अम्बिका एउटा कोठामा र छोराबुहारी अर्को कोठामा बस्थे। उनीहरुको खानपिन पनि अलग थियो।

छोरावुहारी नभएको बेला दिउँसोतिर केशवले पत्निको हत्या गरी आफुले पनि आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ। केशवले विगत ४ महिनादेखि डिप्रेसनको औषधि खाँदै गरेपनि खुलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट