विमान दुर्घटनामा भाग्यले बाँचेका पाईलटलाई बम डिस्पोजल टोलीले यसरी बचायो

काठमाडौँ- वुधबार विहान करिव ११ बजे सौर्य एयरलाईन्सको विमान दुर्घट्ना हुँदा १८ जनाको मृत्यु भयो। तर, विमानका पाईलट ३७ वर्षीय मनीषरत्न शाक्य जिवित छन्। १९ जना सवार विमान दुर्घटनामा परेर बाँचेका उनी एक्ला ब्यक्ति हुन।

‘विमानमा सवार अन्य सवैको मृत्यु हुँदा उनी कसरी बाँचे ?’ भन्ने कौतुहलता प्राय सवैको मनमा छ। भाग्यले बाँचेका शाक्यलाई नेपाली सेनाको बम डिस्पोजल युनिटले ज्यान बचाएको हो। ईओडीका प्रमुखसमेत रहेका प्रमुख सेनानी रामज्योती बोहरासहित ७ जनाको टोलीले उनको उद्धार गरेको हो।

बुधबार बिहान ११ः११ बजे पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई÷सीआरजे २०० कलसाइनको जहाज धावनमार्ग छोडेको २० सेकेन्डमै दुर्घटनामा प¥यो। विमानस्थलको रनवेको पूर्वतर्फ रहेको हेलिकप्टर मर्मत तथा पार्किङ क्षेत्रमा रोकिराखेको सी–कन्टेनरमा ठोक्किएर दुई टुक्रा भयो।

ककपिट कन्टेरमा अड्कियो भने बाँकी भाग उछिट्टिएर खाली जमिनमा बजारियो। जमिन छुनासाथ विमानमा आगो बलिहाल्यो। सुरक्षाकर्मी र विमानस्थलका कर्मचारी अलमलमा परेर हेरिरहे। खोज तथा उद्धारका लागि केही समय लाग्यो। उद्धार सुरु हुँदा पनि टोली जहाजको मुख्य भागमा केन्द्रित भयो। कन्टेनरमा अड्किएको ककपिटतर्फ कसैको ध्यानै गएन।

तर ककपिट नजिकैबाट एक जना मान्छेले इसारा गरिरहेको कर्णेल बोहोराले देखे। त्यसपछि उनी आफनो टोली लिएर दौडिहाले। नभन्दै रगताम्मे अवस्थामा पाइलट शाक्य फेला परे। बोल्न सक्ने अवस्थामा रहेका उनले आत्तिदै ककपिटमा अरु दुई जना पनि रहेको जानकारी दिए। तर आगो दन्किसकेकाले सेनाले उनीहरुलाई भने जोगाउन सकेन।

शाक्यलाई ५ मिनेट भित्रै सेनाले उद्धार गरेर अस्पताल पठायो। त्यसपछि आगो नियन्त्रणमा लिएर ककपिटमा हेर्दा दुवै जनाको ज्यान गईसकेको थियो। पाईलट शाक्यको भने काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको र उनी खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट