सौर्यको विमान दुर्घटनामा को-पाईलटसहित विराटनगरका तीन जनाको मृत्यु, (सूचिसहित)

विराटनगर — काठमाण्डौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा विराटनगरका ३ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा विराटनगरका सुशान्त कटुवाल, अश्विन निरौला र सागर आचार्य छन्। कटुवाल विमानको को–पाइलट, निरौला इन्जिनियर र आचार्य सेफ्टी चिफ हुन्। एक विदेशी, एक नाबालक र एक महिलासहित १९ जना सवार विमान दुर्घटनामा पाइलट ३७ वर्षीय मनिष शाक्यबाहेक अठारै जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा अमितमान महर्जन, दिलीप बर्मा, मनुराज शर्मा, उनकी पत्नि प्रिजा खतिवडा, छोरा अधिराज शर्मा, सुदीपलाल जोशी, सर्वेस मरासैनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, उद्धव पुरी, यज्ञप्रसाद पौडल, सन्तोष महतो, पुण्यरत्न शाही र अरेफ रेडाको मृत्यु भएको प्रहरीले जनाएको छ।

रेडा यमनी नागरिक हुन् भने प्रिजा खतिवडा र अधिराज शर्मा प्राविधिक मनुराज शर्माका पत्नि र छोरा हुन। सौर्यको ९ एन–एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११ः११ मिनेटमा दुर्घटनामा परेको थियो। जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो।

मर्मतपछिको पूर्ण परीक्षण ‘सी–चेक’ का लागि काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको सीआरजे ७–९ एनएएमई जहाज टेकअप गरेको २० सेकेन्डमै दुर्घटनामा परेको थियो।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट