वडाध्यक्षले खोलाको बाँधसमेत भत्काएर खनेको खाल्डोमा डुवेर १३ वर्षीया बालिकाको मृत्यु

जनकपुर– सर्लाहीको कविलासी नगरपालिका–५ का वडाध्यक्ष गिरीधारी रायले सिञ्चाईका लागि लखन्देही खोलामा खनेको खाल्डोमा डुवेर एक बालिकाको मृत्यु भएको छ।

कविलासी नगरपालिका–१ पिपरियाका सदिम शेखकी छोरी १३ वर्षीया सेहानी खातुनको मंगलबार अपराह्न खाल्डोमा डुबेर मृत्यु भएको हो। घरबाट १ किलोमिटर पश्चिम रहेको खोलाबाट अन्य दुई बालिकासहित बालुवा लिन गएकी सेहानीको खाल्डोमा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ।

सेहानीसँगै गएका बालिका रसिदा र खुस्बु पनि खाल्डोमा डुवेबा थिए। उनीहरुलाई स्थानीयले उद्घार गरी बचाएका छन्। स्थानीय शेष सहदुल्लाहका अनुसार वडाध्यक्ष रायले लखन्देहीको तटबन्धसमेत भत्काएर ४ दिनअघि खोलामा खाल्डो बनाएर सिंचाइका लागि कुलो बनाएका थिए।

उनले पिपरियाबाट बरहथवा जाने सडकमा पर्ने खोलाको बाटोमा पनि खाल्डो खनेर पानी जमाउँदा बाटो अवरुद्घ भएको छ। बर्षाका तीन महिना (असार, साउन र भदौ) खोलामा स्काभेटरको प्रयोग बर्जित छ। तर, वडाध्यक्ष रायले एक्सकाभेटरको प्रयोग गरी खोला र सडकमै ठुलठुला खाल्डो बनाउँदा जोखिम बढेको स्थानीयले बताएका छन्।

पीडित परिवारले स्काभेटर नियन्त्रणमा लिनुपर्ने, दोषीलाई कारबाही र आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्नु पर्ने माग गरेका छन्। यता, कविलासी–१ का वडाध्यक्ष दीपलाल रायले भने आफूसँग कुनै सल्लाह नगरी रायले खोलामा खाल्डो खनेको बताए।

वडाध्यक्ष रायले भने सिंचाईका लागि नगरपालिकाले छुट्याएको ५० हजार बजेटबाटै खोलामा खाल्डो खनेर कुलो बनाएको बताएका छन्। वर्षाको समयमा सर्वसाधारण आफै सचेत हुनुपर्ने उनको तर्क छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट