सिरहामा कोदालेले हानेर छिमेकीको हत्या, यसरी पक्राउ परे बचाई

लहान– कोदालोले हानेर खेतमै छिमेकीको हत्या गरी फरार भएका सिरहाका एक ब्यक्ति एक महिनापछि पक्राउ परेका छन्।

छिमेकी ५३ वर्षीय बुधराम महतोको हत्या गरेको आरोपमा अर्नमा गाउँपालिका–२ ब्रह्मपुरीका ५२ वर्षीय बच्चु भन्ने बचाइ महतो पक्राउ परेका हुन।

जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी मुक्तिनाथ सापकोटाका अनुसार गत ३ जेठको विहान ब्रह्मपुरीस्थित खेतमा ट्याक्टर लिएर पुगेका बुधरामलाई बचाइले कोदालोले प्रहार गरेका थिए। वुधरामको घटनास्थलमै मृत्यु भएको थियो।

घटनालगत्तै फरार भएका बचाइलाई खोजतलासको क्रममा सिरहाको औरही गाउँपालिका–१ दरहैयास्थित नेपाल–भारतको सीमा क्षेत्रबाट पक्राउ गरिएको डीएसपी सापकोटाले बताए।

बुधराम र बचाइका बीचमा लामो समयदेखि जग्गाको विवाद देखिएको प्रहरीको अनुशन्धानबाट खुलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट