मानव बेचबिखनको आरोपमा युट्युबरसहित ३ जना पक्राउ

काठमाण्डौं– प्रहरीले मानव बेचबिखनको आरोपमा एक युट्युबरलाई मंगलबार बत्तिशपुतलीबाट पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान व्युरोले काभ्रेको चौरीदेउराली गाउँपालिका–१ घर भई काठमाडौंको बत्तिसपुतली बस्ने २० वर्षीय युट्युवर कुशल खरेललाई पक्राउ गरेको हो।

खरेलले आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई होटलमा वेटरको काम लगाइदिने भन्दै यौन धन्दामा लगाउने गरेको खुलेको प्रहरीले जनाएको छ। भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ मनोहरा जडिबुटीमा रहेको सिन्धुली होटल ढिँडो सर्भिस एन्ड गेस्ट हाउसमा काम लगाइदिने भन्दै खरेलले बालिकाहरूलाई शारीरिक शोषण गर्ने गरेको प्रहरीको भनाइ छ।

खरेलसहितका केही ब्यक्तिहरु मिलेर खोलेको उक्त गेष्ट हाउसमा बस्ने नाबालिकाहरूलाई यौन सम्पर्क राख्न बाध्य पारेको पनि अनुसन्धानबाट खुलेको छ। प्रति व्यक्ति हजारदेखि पाँच हजारसम्म लिएर नाबालिकालाई जबरजस्ती यौन सम्पर्क गर्न बाध्य पारेको खुलेको अनुशन्धानबाट खुलेको हो।

नेपाली काउन्टडाउन नामक युट्युब च्यानलका सञ्चालक रहेका खरेल आफैंले पनि बालिकाहरूलाई शारीरिक शोषण गर्दै आएको पीडितहरूले बताएका छन्। प्रहरीले उक्त होटलबाट अस्थायी साधन, प्रेगनेन्सी टेस्ट किट, गर्भ निरोधक औषधिसमेत फेला पारेको छ।

बालिकालाई जबरजस्ती गर्ने गरेको खुलेपछि प्रहरीले २४ असारमै उक्त घटनामा संलग्न वीरबहादुर सिंतान र सुबिलाल सिंतानलाई पनि पक्राउ गरिसकेको छ। घट्नाका विषयमा जिल्ला प्रहरी परिसर भक्तपुरले अनुसन्धान गरिरहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट