सिमलताल पहिरोः घुमाउने हुँदै केदाबारीको क्षेत्रमा शंकास्पद वस्तु फेला परेपछि दोहोर्याएर खोजतलास

चितवन– सिमलतालमा पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बस तथा यात्रुको खोजी गरिरहेको टोलीले घुमाउने हुँदै केदाबारीको क्षेत्रमा शंकास्पद वस्तु फेला पारेको छ। तर, त्यो वस्तु के हो भन्ने यकिन भएको छैन।

त्यो शंकास्पद वस्तुको यकिन गर्न घुमाउनेदेखि केदारबारीसम्मको क्षेत्रमा दोहोर्याएर खोजतलास भईरहेको छ। भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेशनल डिजास्टर रेस्पोन्स फोर्स’सहित नेपाली सुरक्षाकर्मी टोलीद्वारा वेपत्ता बस र यात्रुको खोजतलास आज १२औं दिन पनि जारी छ।

खोजतलासका क्रममा राडरले शङ्कास्पद वस्तु देखाएपछि आज बिहान पुनः खोजतलास थालिएको चितवनका सीडीओ इन्द्रदेव यादवले बताए। छ। भारतीय टोलीले धमिलो पानी र उच्च वेगका कारण सोनारले कम काम गरेको बताएका छन्। शंकास्पद वस्तु भएको अनुमानसँगै पुनः सोही ठाउँमा खोजतलास थालिएको यादवको भनाई छ।

यता, यसअघि भेटिएका २५ शवमध्ये एउटा शव उक्त घट्नासँग सम्वन्धित नभएको खुलेको छ। २५ मध्ये ५ वटा शव सनाखत हुन बाँकी रहेकोमा एउटा शव यो घटनाभन्दा बाहिरको रहेको खुलेको हो। सीडीओ यादवका अनुसार उक्त शव नदीमा हामफालेकी पाल्पाकी महिलाको भएको खुलेको छ।

२८ असारको बिहान साढे ३ बजे भरतपुर–२९ स्थित नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स त्रिशूली नदीमा खसेका थिए।

गणपतिमा ३८ जना र एन्सल्समा २७ जना यात्रु रहेको अनुमान गरिएको छ। हालसम्मको खोजतलासमा २४ वटा शव भेटिएका छन्। भेटिएका मध्ये दुई वटा शव भारतीय भूमिमा भेटिएका हुन्। हालसम्म १९ वटा शव सनाखत भइ परिवारको जिम्मा लगाइएको छ। सनाखत भएका शवमा १६ वटा पुरुष र ९ वटा महिलाको छ।

त्यस्तै, सनाखत भएका शवमध्ये १४ नेपाली नागरिकका छन् भने पाँच वटा भारतीय नागरिकको रहेको जिल्ला प्रशासन कार्यालय चितवनका सीडीओ इन्द्रदेव यादवले जानकारी दिए। ५ जनाको पहिचान हुन बाँकी रहेको उनले बताए। बस र ३७ जना यात्रुको अत्तोपत्तो छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट