भारतीय टोली आएपछि के भयो प्रगति ? यस्तो छ अहिलेसम्मको अपडेट

चितवन– चितवनको सिमलताल पहिरोमा परी त्रिशुली नदीमा वेपत्ता भएका २ वटा बस र यात्रुको खोजी कार्य सोमबार ११औं दिन पनि जारी छ। आईतबार विहानदेखि भारतीय टोली पनि खोजीमा नेपाली टोलीसँग मिसिएको छ।

भारतको ‘राष्ट्रिय आपदा मोचन बल’ (एनडीआरएफ) का प्राविधिक, ४ गोताखोर र ३ वटा सोनार क्यामरासहित १२ जनाको टोली बस र यात्रुको खोजीका लागि आएको हो।

२८ असारको बिहान साढे ३ बजे भरतपुर–२९ स्थित नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स त्रिशूली नदीमा खसेका थिए।

गणपतिमा ३८ जना र एन्सल्समा २७ जना यात्रु रहेको अनुमान गरिएको छ। हालसम्मको खोजतलासमा २५ वटा शव भेटिएका छन्। भेटिएका मध्ये दुई वटा शव भारतीय भूमिमा भेटिएका हुन्। हालसम्म १९ वटा शव सनाखत भइ परिवारको जिम्मा लगाइएको छ। सनाखत भएका शवमा १६ वटा पुरुष र ९ वटा महिलाको छ।

त्यस्तै, सनाखत भएका शवमध्ये १४ नेपाली नागरिकका छन् भने पाँच वटा भारतीय नागरिकको रहेको जिल्ला प्रशासन कार्यालय चितवनका सीडीओ इन्द्रदेव यादवले जानकारी दिए। ६ जनाको पहिचान हुन बाँकी रहेको उनले बताए। बस र ३७ जना यात्रुको अत्तोपत्तो छैन।

शवहरू भेटिन सक्ने सम्भावित स्थलहरू चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र भारतको पूर्वी चम्पारणसम्म खोजी कार्य भइरहेको छ। तर, धमिलो पानी, नदीको तीव्र बहाव र ३०/४० मिटर गहिरो नदीका कारण खोजी कार्यमा अपेक्षित सफलता मिल्न सकेको छैन।

भारतीय गोताखोर र प्राविधिक टोली आएपछि खोजी कार्यमा उल्लेख्य सफलता पाउने अपेक्षा गरिएको छ। भारतीय टोली अनुभवी भएका कारण केही न केही नतिजा आउने अपेक्षा गरिएको एक सुरक्षा अधिकारीले बताए।

आइतबार बिहान पौने ९ बजेदेखि सोनार क्यामरासहित खोजी कार्य थालेको नेपाल र भारतको संयुक्त टोलीले सिमलतालदेखि घुमाउनेसम्म करिब ३ दशमलव ५ किलोमिटर र देवघाटदेखि काभ्रेघाटसम्म करिब १० किलोमिटर क्षेत्रमा खोजी कार्य गरेको थियो। आज साँझसम्म घुमाउनेदेखि देवघाटसम्म करिब १६ किलोमिटर क्षेत्रमा खोजी गरिएको थियो।

तर, अपेक्षा अनुसार उपलब्धि हुन सकेको छैन। ‘भारतबाट आएका १२ सहित करिब ५०० जना उद्धार टोली नदी र किनारामा खोजिरहेको छ। तर तीन दिनदेखि केही भेट्न नसकेको सीडीओ यादव वताउँछन्। खोजी कहिलेसम्म हुन्छ भन्ने जवाफ कसैसँग छैन। तर, वेपत्ता यात्रुका आफन्तले सास वा लाशको माग गर्न थालिसकेका सीडीओ यादवले बताए।

तथ्यांकमा यस्तो छ हालसम्मको अपडेट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट