१० लाखभन्दा वढि रकमसहित २ जना हुण्डी कारोवारी पक्राउ

राजविराज– बारामा प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा वढि रकमसहित हुण्डीको कारोबारमा संलग्न २ जनालाई पक्राउ गरेको छ।

बाराको फेटा गाँउपालिका–६, पुरैनियाका ४१ वर्षीय सैदुल्ला मियाँ ठकुराई र सोही ठाउँका २२ वर्षीय बागर अंसारीलाई आईतबार प्रहरीले पक्राउ गरेको हो।

बाराको बिश्रामपुर गाँउपालिका–१, घोडासहन नाकाबाट उनिहरु पक्राउ परेका हुन। ना ३६ प ४५६३ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुले स्रोत नखुलेको १० लाख २० हजार रकम फेला परेपछि पक्राउ गरिएको हो।

लुकाएर ल्याएको उक्त रकमको स्रोत नखुलेपछि दुवैलाई मोटरसाईकलसहित पक्राउ गरिएको बाराका डीएसपी दधिराम न्यौपानेले वताए। उनीहरु विरुद्ध हुण्डी सम्वन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। दुवैलाई बारा जिल्ला अदालतमा उपस्थित गराई अनुशन्धान गर्न ७ दिनको म्याद लिईएको न्यौपानेको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट