प्रतिनिधि सभा वैठकमा सिङ्गै गुट्खा ठाडो घाँटी लगाएर हुर्याएपछि शशांकको आलोचना

काठमाण्डौं– प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रशारण चलिरहँदा नेपाली कांग्रेसका सांसद शशांक कोइरालाले गुट्खा खाएको दृष्य देखिएपछि उनको तिव्र आलोचना भईरहेको छ।

विभिन्न अनलाईन सञ्चार माद्यमले त्यो भिडिओलाई प्रशारण गरेका छन्। शून्य समयमा कांग्रेसकै सांसद राजेन्द्र बजगाईं बोलिरहेका बेला उनले एउटा सिङ्गै गुट्खा ठाडो घाँटी लगाएर हुर्याएको देख्न सकिन्छ।

पहिलेदेखि नै केही कुरा चपाइरहेका कोइरालाले अगाडि रहेका सांसद बजगाईं बोल्दै गर्दा प्याकेट खोलेर दुई हातले गुट्खा खाएका थिए। संसदमा सुर्तीजन्य प्रदार्थको सेवन गर्ने कोइराला नै पहिलो ब्यक्ति भने होईनन्।

यसअघि कांग्रेसकै सांसद अर्जुनरसिंह केसीले पनि बैठकमा सूर्ती निकालेर भुइँमा फालेको दृश्य देखिएको थियो। आलोचना भएपछि केसीले सार्वजनिक रुपमा माफीसमेत मागेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट