ट्रकले कारलाई ठक्कर दिँदा पत्रकार महासंघका प्रदेश महासचिव बन्जारासहित २ जना घाईते

जनकपुर– नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बन्जारा कार दुर्घटनामा परेर घाईते भएका छन्।

बाराको सिमराबाट वीरगन्ज जादै गरेका बन्जारा सवार प्र.३–०१–०२४ छ १८६५ नम्बरको कारलाई दिशाबाट वीरगन्ज जादै गरेको मालवाहक ट्रकले बाराको जितपुर सिमरा उपमहानगरपालिका–७, पहाडी स्थित यामहा सोरुम अगाडि ठक्कर दिँदा वन्जारासहित २ जना घाईते भएका छन्।

दुर्घटनामा पर्ने अर्को ब्यक्ति एक महिला रहेको वताईएको छ। तर, पहिचान खुलेको छैन। बन्जाराको वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको छ।

जानकारी अनुसार २ वटा ट्रकको कम्पिटिसनका कारण वन्जाराको कार दुर्घटनामा परेको हो। स्पिडको प्रतिस्पर्धामा रहेका मध्ये एउटा ट्रकको टायर पड्किएर अनियन्त्रित भएको थियो। सोही ट्रकले कारलाई ठक्कर दिएको जनाईएको छ। ट्रक र चालकलाई प्रहरीले पक्राउ गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट