सर्वोच्च अदालतमा परिसरमै महिला प्रहरीमाथि कुटपिट, एक जना पक्राउ

काठमाण्डौं– सर्वोच्च अदालतमा परिसरमै एक महिला प्रहरीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

रीता चौधरी नामकी महिलालाई प्रहरीले पक्राउ गरेको हो। उनले महिला प्रहरी जवान नन्दी खड्कालगायतलाई हातपात गरेकी थिइन्।

अदालतमा चौधरीले कर्मचारीमाथि अपशब्द प्रयोग गरेपछि प्रहरीले रोक्न खोजेको थियो। त्यसपछि उनी उल्टै प्रहरीमाथि जाइलागेकी थिइन्।

सर्वोच्च अदालतका सुरक्षा प्रमुख एसपी विनोद सिलवालका अनुसार चौधरीका विषयमा आवश्यक अनुशन्धान गरी कारबाही गर्न प्रहरी वृत्त सिंहदरबार पठाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट