पूर्वराज्यमन्त्री हत्या प्रकरणः को थिए जग्गा विवाद मिलाउन भन्दै आएका ३ ब्यक्ति, कहाँ छन् उनीहरु?

जनकपुर– सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, रतनपुरस्थित घरमै मृत फेला परेका पूर्व राज्यमन्त्री रामचन्द्र राय यादवको हत्या जग्गा विवाद मिलाउन भन्दै आएका ३ जना पाहुनाले गरेको प्रारम्भिक निस्कर्षमा प्रहरी पुगेको छ।

रायको घरमा काम गर्ने २१ वर्षीय युवक रामउदेन रायलाई नियन्त्रणमा लिएर अनुशन्धान गरिरहेको प्रहरीले पूर्वराज्यमन्त्री यादवकै घरमा बास बसेका ३ जना मिलेर उनको हत्या गरेको आशंका गरेको छ। तर, उनिहरु को थिए भन्ने अहिलेसम्म खुलिसकेको छैन।

प्रहरीको हालसम्मको अनुशन्धानमा आईतबार राती करिव साढे ९ बजे ‘हाम्रो जग्गा विवाद कहिले मिलाइदिने ?’ भन्दै ३ जना ब्यक्ति घरमा आएका थिए। राति अबेरसम्म ४ जनाबिच कुराकानी भइरहेको थियो। प्रहरीका अनुसार रामउदेनले आफुले ती ३ जनालाई पानी पनि खुवाएको तर, नचिनेको बताएका छन्।

‘यही बस्ने भनेपछि उहाँ (पूर्वराज्यमन्त्री) को आग्रह अनुसार मैले ओछ्यान मिलाइदिएँ।’– उनले भनेका छन्। ओछ्यान मिलाएर आफू माथिल्लो तलामा सुत्न गएको र उनीहरु भुई तलामा सतेको रायले बताएका छन्।

राति पिसाब फेर्न उठ्दा पूर्वराज्यमन्त्री सुतेको कोठाको ढोका खुल्लै देखेपछि टर्च बालेर हेर्दा रक्ताम्य अवस्थामा ढलेको देखेको राम उदेनले बयान दिएका छन्। त्यसपछि आफूले तत्कालै आफन्तलाई खबर गरेको उनको भनाइ छ। आफन्तले राति साढे ११ बजेतिर घटना भएको जानकारी पाएका थिए।

राम उदेनको भनाइलाई यकिन गर्न पोलिग्राफ परीक्षण गराउन लागिएको मधेस प्रदेशका डीआईजी यज्ञ विनोद पोखरेलले बताए। घटनास्थलमा धनुषाको लालगढबाट तालिम प्राप्त कुकुरसमेत ल्याईएको छ। ८० वर्षीय रायलाई उखु काट्ने दाउले टाउकोमा हानेर हत्या गरेको पाइएको छ। उनको टाउकोको बायाँ पट्टिको भागमा चोट छ। रायकै घरको दाउ घर नजिककैको बाँसघारीबाट प्रहरीले बरामद गरेको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट