यी हुन ओलीले विश्वासको मत लिँदा संसदमा अनुपस्थित १२ सांसद

काठमाण्डौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार प्रतिनिधि सभाबाट विश्वासको मत लिए। उनलाई संघीय संसद्को प्रतिनिधि सभाका दुई तिहाई सांसदले विश्वासको मत दिएका छन्।

ओलीको पक्षमा १८८ सांसदले मतदान गरे भने विपक्षमा ७४ सांसद उभिए। एक जना सांसद भने तटस्थ रहे। तर, यो प्रकृयामा १२ जना सांसद भने सहभागि भएनन्।

कुल २७५ सांसद रहेको प्रतिनिधिसभामा आइतबारको बैठकमा २ सय ६३ सांसदमात्रै उपस्थित थिए। संसद् सचिवालयले दिएको जानकारी अनुसार, आइतबारको बैठकमा १२ जना सांसद अनुपस्थित थिए।

त्यस मध्ये नेपाली कांग्रेसका ४, नेकपा माओवादी केन्द्रका १, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका ३, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १ र नेकपा एमालेका ३ जना (सभामुख र एक जना निलम्बित) सहित १२ जना सांसद अनुपस्थित रहेको संसद् सचिवालयले जनाएको छ।

ओलीले विश्वासको मत लिँदा अनुपस्थित हुने कांग्रेसका सांसदहरुमा अम्बिका बस्नेत, दुर्लभ थापा, विनोद चौधरी, र मनोरमा शेरचन हुन। यसैगरी एमालेका वसन्त नेम्वाङ, देवराज घिमिरे (सभामुख), टोपबहादुर रायमाझी (भुटानी शरणार्थी प्रकरणमा जेलमा) तथा राप्रपाका गीता बस्नेत, दीपक बोहोरा र विक्रम पाण्डे अनुपस्थित रहे।

नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेल र रास्वपाकी सोविता गौतम अनुपस्थित रहेको संसद सचिवालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट