पूर्वमन्त्रीले लाजै पचाएर संसदमा सुनाए कर्मचारीलाई ५ हजार घुस खुवाएको पीडा

काठमाण्डौं– पूर्ववन मन्त्री वीरेन्द्रप्रसाद महतोले आइतबार प्रतिनिधि सभाको रोष्ट्रममै उभिएर आफुले कर्मचारीलाई घुस खुवाएको जिकिर गरेका छन्। नेपालमा घुस प्रकरण संस्थागत भईसकेको र जस्तो सुकै भीआईपीले पनि घुस नखुवाई कर्मचारीबाट काम गराउन असम्भव रहेको बताउन उनले आफनै उदाहरण दिएका हुन।

जनता समाजवादी पार्टीका सांसदसमेत रहेका महतोले शिक्षा मन्त्रालयअन्तर्गत सानोठिमी कार्यालयमा आफुले ५ हजार रुपैयाँ घुस दिएको बताए। छोराको समकक्षता पत्र लिन सानोठिमी गए पनि समयमा काम नभएपछि ५ हजार रुपैयाँ घुस दिएर काम गराएको महतोले सुनाए।

‘म भूपू मन्त्री, मैले हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा ५ हजार घुस दिएर आएको छु, कसले पत्याउँछ? पत्याउनु हुन्छ?’ उनले भने–‘मेरो छोराको समकक्षता गर्नुपर्ने थियो, मैले ११ बजे पठाएको ३ बजेसम्म यो मिलेन त्यो मिलेन भने। म आफै गएँ, एउटा अधिकृत कागज मिलेको छैन भन्दै चिया खान निस्किए ४ बजेसम्म आएनन्। बिचौलियालाई गएर ५ हजार दिएँ, ५ मिनेटमा काम गरेर ल्याइदियो। अनि हामी सुशासनको कुरा गर्छौं।’

उनले देशमा तलदेखि माथिसम्म बिचौलिया र भ्रष्टाचारले जरो गाडेको पनि बताए। उनले निजामती कर्मचारीलाई परिवार पाल्न सक्ने गरी तलव दिन पनि आग्रह गरे। ‘हाम्रो आफ्नो बारेमा मात्रै नसोचौँ। यो देश समृद्ध बनाउने हो भने नीजामति कर्मचारीलाई परिवार चलाउनेगरी तलबको व्यवस्था गरौँ। ’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट