ओलीलाई दुई तिहाई सांसदको समर्थन, विपक्षमा ७४ मत मात्रै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाका दुई तिहाइ सांसदले समर्थन दिएका छन्।

प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार २६३ जना उपस्थित थिए। त्यो मध्ये आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे भने प्रश्तावको विपक्षमा ७४ मत प¥यो। एक मत तटस्थ रहेको छ। नेपाल मजदुर किसान पार्टीका एकमात्र सांसद प्रेम सुवाल तटस्थ बसे।

प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले समर्थनको मत दिएका छन्।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले भने ओलीको विपक्षमा मत दिए।

गत १७ असारमा कांग्रेस र एमालेबीच सरकार सञ्चालनका लागि गठबन्धन गर्ने सहमतिपछि ओली चौथो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन। उनी पहिलो पटक २४ असोज ०७२ मा प्रधानमन्त्री भएका थिए। उनको पहिलो कार्यकाल ९ महिनामा सकिएको थियो।

९ साउन ०७३ मा राजीनामा दिएका उनले अर्को सरकार गठन नहुँदा (साउन १९) सम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । अर्को पटक ३ फागुन ०७४ मा उनी प्रधानमन्त्री बनेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट