केपी ओलीमाथि रवि लामिछानेको गम्भिर आरोपः बाँसवारीका आरोपितले बालकोटमा गीत गाए

काठमाण्डौं– पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाँसवारी छालाजुत्ताको विषय अनुशन्धान भईरहेका वेला त्यसमा संलग्नहरु बालकोटमा गीत गाउँदै गरेको सुनिएको भन्दै केपी ओलीप्रति भ्रष्टाचारलाई संरक्षण गरेको घुमाउरो आरोप लगाएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा लामिछानेले प्रधानमन्त्री केपी आलीले राखेको विश्वासको मतको विपक्षमा मतदान गर्दै यस्तो आक्षेप लगाएका हुन। नयाँ सरकार गठनको सुरुवातमा देखिएका संकेतहरूले आफूलाई झस्काएको बताए उनले बताए।

अनुसन्धान भइरहेका र हाजिरी जमानतमा छुटेकाहरू बालकोटमा देखिएका भन्दै लामिछानेले अघिल्लो सरकारले छानबिन गरेकाहरूलाई नवगठित सरकारले पुरस्कृत गरेको आरोप लगाए। ‘विश्वासको मत दिन पनि सकिन्थ्यो होला। तर, जुन संकेत सुरुवातमा देखियो, त्यसले हामीलाई झस्काएको छ’ उनले भने–‘उहाँको राजनीतिक योगदान, उहाँको राजनीतिक त्याग, उहाँको राजनीतिक बलिदानप्रति हामीले कहीँ कतै कन्जुस्याइँ नगरी सम्मान गरेका छौँ, सम्मान छ। तर, सरकार सुरु हुनेबित्तिकै हामीले अनुसन्धान गरिरहेको विषय, कोही हाजिरी जमानीमा छुट्नुभएको मान्छे, बालकोटमा गीत गाउँदै हुनुहुन्थ्यो।’

बाँसबारी छालाजुत्ताको विषयको अनुसन्धान चलिरहँदा गीतको आवाज बालकोटबाट आएको भन्दै उनले त्यसपछि हामीलाई शंका लागेको बताए। ‘मन्त्रिपरिषद् बन्यो । जहाँजहाँ हामीले विषय उठायौँ, त्यहाँत्यहाँ पुरस्कार देखियो ।’– उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट