अस्पतालमा पनि घुसको विगविगीः क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ

चितवन– हुँदाहुँदा अस्पतालमा समेत घुसको विगविगी वढेको छ। चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला आईतबार घुससहित पक्राउ परेकी छन्।

कोईरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले उनलाई घुसको रकमसहित भरतपुर महानगरपालिका–४ कटहर चोकको एक होटलबाट पक्राउ गरेको हो।

उनको साथमा १ लाख ५० हजार रुपैयाँ नगद र ४ लाख ५० हजार रुपैयाँको चेक बरामद भएको अख्तियारको हेटौंडा कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले जानकारी दिए।

औषधि आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत कोइरालाले घुस मागेको सूचना पाएपछि अख्तियारको टोलीले उनको पिछा गरेको थियो। आपूर्तिकर्ताबाट घुस रकम लिँदालिँदै उनलाई पक्राउ गरेको सूचना अधिकारी गौतमले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट